झापामा ओलीको सम्बोधनः ढुक्क हुनुस्, तपाईंहरूको नाम विश्वमा राख्छु

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १३:५७ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि थप केही गर्ने बताएका छन । आज सोमबार झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले झापाका जनताकै भोटबाट फेरि प्रधानमन्त्री भएको भन्दै विश्वमा झापावासीको नाम राख्नेमा ढुक्क रहन पनि आग्रह गरे । ओलीले भने, ‘तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, ‘तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’

साथै, उनले बाँदरलेजस्तो आफ्नो र अर्काको घर पनि भत्काउने गरेर देश नबन्ने दाबी गरे । प्रधानमन्त्री ओलीले भने, ‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ ।

हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेर देश बन्दैन ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान संचालन गर्ने बताए ।

जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us