आधा किलो सुनसहित काभ्रेबाट २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– प्रहरीले काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । काठमाण्डुबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको प्रहरीले उक्त सुन बरामद गरेको हो । सुनसहित कारका चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरीएको प्रहरीले जानकारी ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us