काठमाण्डु, २४ मंसिर– भोली मंगलबार कीर्तिपुर नगरपालिकामा सार्वजनिक बिदा हुने भएको छ । मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ ।
त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको कीर्तिपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिएका छन ।