अमेरिकी सहायक विदेशमन्त्री लू र कांग्रेस सभापति देउवाबिच भेटवार्ता

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले सत्तासझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवाचर्ता भएको छ ।

आइतबार दिउँसो साढे २ बजे सभापति देउवा र सहायक विदेशमन्त्री लूबिच भेट भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन ।

उनले भने, ‘दिउँसो साढे २ बजे उहाँहरूबिच भेटवार्ता भएको हो ।’ सो क्रममा उनीहरूबिच दुई देशको आपसी हित र समसामयिक विषयमा छलफल भएको पनि उनले जानकारी दिएका छन ।

तीनदिने नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू आइतबार काठमाडौँ आइपुगेका हुन् । भारत र श्रीलंकाको भ्रमणपछि उनी नेपाल आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us