काठमाण्डु, २२ मंसिर– कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेता शेखर कोइराला पार्टीको कोशी प्रदेश सम्मेलनमा सहभागी नभएकामा आफूलाई दुःख लागेको बताएका छन् ।
विराटनगरमा शनिबार प्रदेश सम्मेलनको उदघाटन शत्रमा बोल्दै सिटौलाले कोइराला कार्यक्रममा उपस्थित हुनुपर्नेमा नभएको भन्दै दुःख लागेको बताए ।
रियतामा असन्तुष्टि जनाउँदै कोइराला आफ्नै प्रदेशको अधिवेशन बहिस्कार गरी चितवन पुगेका छन् ।
सिटौलाले असन्तुष्टि भए पार्टीभित्रै कुरा राख्नुपर्नेमा कोइराला सम्मेलन बहिस्कार गरेर हिंड्नु राम्रो नभएको टिप्पणी गरे ।
‘आफ्ना कुरा राख्ने ठाउँमा नबसेर बाहिर गयो भने त्यसले समस्या हुन्छ,’ सिटौलाले भने, ‘आज म दुःखमा साथ एउटा कुरा भन्छु मेरा प्रिय साथी शेखरले यहीं कुरा उठाइदिनु भएको भए हुन्थ्यो ।’
कोइराला त्यहीं बसेको भए उनको असन्तुष्टिबारे थाहा पाउने र पार्टीमा छलफल गरेर समस्या सुल्झाउन सकिने सिटौलाको भनाइ थियो । उनले पार्टी केन्द्रीय समितिमा सबैलाई जानकारी हुने गरी असन्तुष्टि राख्न कोइरालालाई आग्रह गरे ।