विराटनगर, २२ मंसिर– पार्टीको कोशी प्रदेश सम्मेलन उद्घाटनका लागि विराटनगर पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगरस्थित कोइराला निवासमा पुगेका छन् ।
केन्द्रीय सदस्य शशांक कोइरालालाई साथमा लिएर देउवा कोइराला निवासमा पुगेका थिए ।
विराटनगरमै रहेका शेखर कोइरालाले भने देउवालाई भेटेनन् । बरु देउवा सहभागी हुने कार्यक्रम बहिस्कार गरेर उनी चितवनतिर लागे ।
शेखर कोइराला पक्षले काँग्रेसको कोशी प्रदेश सम्मेलन बहिस्कार गर्ने तयारी गरेको छ ।
आफूलाई भन्दा उपसभापति पूर्णबहादुर खड्कालाई माथिल्लो वरियतामा राख्ने भएपछि असन्तुष्टि जनाउँदै कोइरालाले सम्मेलन बहिस्कार गर्न लागेका हुन् ।
सम्मेलनमा सहभागी हुन उपसभापति खड्कासहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेता विराटनगर छन् ।
कोइरालाले केही दिनअघि आफ्नो पक्षको छुट्टै भेला राखेका थिए ।