१५ वर्षपछि व्यक्ति हत्या गरी फरार भएका अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २१ गते १४:२० मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– प्रहरीले व्यक्ति हत्यामा दोषी ठहर भई फरार अभियुक्त १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–१ कि ४७ वर्षीया कमला गोले तामाङ रहेकी छन ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाण्डुको गोकर्णेश्वरबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन ।

२० असोज २०६७ मा उनको घरमा काम गर्न आएर बास बसेका वीरबहादुर तामाङको हत्या गरेको कसुरमा उनी दोषी ठहर भएकी थिइन् । सर्वोच्च अदालतले उनीविरुद्ध १ भदौ २०७२ मा १२ वर्ष कैदको फैसला सुनाएको थियो ।

त्यसपछि जिल्ला अदालत दोलखाले भने उनलाई सफाई दिएको थियो । बलात्कार गर्न लागेका युवकलाई प्रतिकार गर्दा मृत्यु भएको भन्दै सुरु जिल्ला अदालतले गोलेलाई सफाई दिएको थियो ।

उक्त फैसलाविरुद्ध तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदनको रिट परेको थियो । उक्त रिटको फैसला गर्दा पाटनले ५ वर्ष कैद सजाय सुनाएको थियो । पाटन अदालतको फैसलाविरुद्ध सरकारी पक्षले फेरि सर्वोच्च पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us