काठमाण्डु, २१ मंसिर– निजी भ्रमणको सिलसिलामा नेपालको राजधानी काठमाण्डु आएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भुनाथ पुगेर पूजा पाठ गरेका छन ।
स्वयम्भुमा पूजा गरिसकेर उनी बौद्ध प्रस्थान गरेको स्रोतले जानकारी दिएको छ । बौद्धनाथमा पनि पूजा गरिसकेपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फर्किने कार्यक्रम छ ।
भुटानका राजा वाङचुक आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन् ।विमानस्थलबाट उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए ।
त्यसपछि उनी स्वयम्भूबाट किमडोल–भगवान पाउ–शोभा भगवती–सोह्रखुट्टे–लैनचौर–केशरमहल–संग्रहालय गेट–जयनेपाल हल–कृष्ण पाउरोटी–ल्होत्से चोक–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–चुच्चेपाटी हुँदै बौद्धनाथ प्रस्थान गरेका हुन् ।