बत्तीसपुतलीमा पनि विवाहपञ्चमी उत्सव

काठमाण्डु टुडे २०८१ मंसिर २१ गते ८:११ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर–काठमाण्डुको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि आज विवाह महोत्सवको कार्यक्रम आयोजना गरिएको छ ।

श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं सम्वर्द्धन समितिको आयोजनामा यहाँ विवाह महोत्सव मनाउन लागिएको हो । विवाह महोत्सव बिहान ९ देखि दिउँसो १ बजेसम्म आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका–९ आरुबारी र वडा नम्बर २ को भूमिस्थलीस्थित राम मन्दिरमा पनि विभिन्न कार्यक्रम आयोजना गरी श्रीरामचन्द्र विवाह महोत्सव पर्व मनाइने जनाइएको छ ।

काठमाण्डु उपत्यका र बाहिरका रामचन्द्र मन्दिरमा पनि आज विधिपूर्वक श्रीराम सीताको पूजा, आराधनासहित विवाह गरिएिर महोत्सव मनाइने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us