काठमाण्डु, २० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्ध र सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो नभएको दाबी गरेका छन ।
आज (बिहीबार) चारदिने चीन भ्रमण पुरा गरी स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुको प्रतिक्रियाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले भारतीय मिडियाले वीआरआई सम्झौताबारे गरेको टिप्पणीबारे सोधेको प्रश्नमा ओलीले भने, ‘दक्षिणको मिडियाले मित्रहरूलाई भड्काउने, आक्षेप लाउने खालको कुरा कुनै मिडियाले गरेको छ भने त्यो राम्रो तरिका होइन ।
तर नेताहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन ।’ प्रधानमन्त्रीले भारत भ्रमणको एरेन्ज हुने समेत बताएका छन ।