काठमाण्डु, २० मंसिर– सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–५ जयपुर टोल बस्ने ३६ वर्षीय रघुनाथ साह रहेको सिराहा प्रहरीले जानकारी दिएको छ ।
हिजो बुधबार बेलुकी आफ्नै घरमा विद्युतीय मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको पनि प्रहरीले जानकारी दिएको छ ।