काठमाण्डु, १९ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेताहरूको कार्य विभाजन टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएका छन् ।
अध्यक्ष नेपालले मङ्सिर २६ र २७ गते बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिएको छ ।
उनले भने, ‘बैठकको मुख्य एजेन्डा नेताहरूको कार्य विभाजन रहेको छ । साथै अन्य पार्टीका आन्तरिक कामबारे समेत छलफल छन ।’
गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले पाँच महिना बित्दा पनि नेताहरूको कार्य विभाजन गर्न सकेको छैन ।
कार्य विभाजन अन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकिने पार्टी नेताहरूले बताउँदै आएका छन् ।