
काठमाण्डु, १२ भदौ– बलिउड अभिनेत्री क्याट्रिना कैफले सबैभन्दा सेक्सी महिलाको उपाधि पाएकी छिन् ।
यसअघि सबैभन्दा सेक्सी मानिने हलिउड अभिनेत्री एन्जेलिना जोलीलाइ समेत उनले पछि पारेकी छिन् । नेसनल डेलस्ले आयोजना गरेको युवा सर्वेक्षणका क्रममा उनीलाई ३७ प्रतिशत सहभागीले सबैभन्दा सेक्सी मानेका छन् । उनलाई केही समयअघि एक म्यागेजिनले सबैभन्दा सुन्दर महिलाको उपाधि दिएको थियो । भारतका आकर्षक व्यक्तित्वहरुको सूचीमा पनि उनको नाम अगाडि छ ।