बिजुली पोलमा पोस्टर टाँस्नेलाई काठमाण्डु महानगरले तिरायो १० हजार जरिबाना

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– काठमाण्डु महानगरपालिकाले बिजुलीको पोलमा विज्ञापनको पोस्टर टाँस्नेलाई कारबाही गरेको छ । १६ वडाभित्र बिजुलीका पोलहरूमा पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगर प्रहरीले बुधबार हरि परियारलाई १० हजार जरिबाना तिराएको छ ।

महानगरले पछिल्लो समय पोलमा, सार्वजनिक स्थानको पर्खालमा, पुल लगायत स्थानमा पर्चा, पम्लेट टाँस्न निषेध गरेको छ भने पैदल यात्रुलाई पर्चा बाँढेमा पनि कारबाही गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us