अन्नपूर्ण दोस्रो केन्द्र भएर भूकम्प
काठमाण्डु टुडे
२०८१ मंसिर ६ गते १२:२९ मा प्रकाशित
काठमाण्डू, ६ मंसिर- कास्की र मनाङको सीमा क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अन्नपूर्ण दोस्रोमा भूकम्प गएको जनाएको छ ।
केन्द्रका अनुसार बिहाबार बिहान १० बजेर १३ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।