काठमाण्डू ५ मंसिर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीविरुद्ध चितवनमा पनि जाहेरी दर्ता भएको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णहरि शर्माले साहरा चितवन बहुउद्देश्यीस सहकारी संस्था ठगी प्रकरणमा लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी परेको जानकारी दिए ।
गत ८ असोजमा उक्त सहकारी ठगी कसुरमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु (जीबी) राईसहित १७ जनालाई जिल्ला सरकारी वकिल कार्यालय चितवनले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
प्रतिवादी बनाउँदै चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
३ सय १९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
बचतकर्ताहरूले लामिछाने र छविलाल जोशीसहित १० जनाविरुद्ध पुरक जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । मिश्रका अनुसार साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ ।
साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको पीडितले बताएका छन् ।