पृथ्वीसुब्बा गुरुङ भन्छन्ः नेपालमा मन्त्री बन्न योग्यता चाहिंदैन, नेताले मन पराए पुग्छ

काठमाण्डु टुडे २०८१ मंसिर ५ गते १७:४८ मा प्रकाशित

काठमाण्डू ५ मंसिर- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने बताए ।

मन्त्रालय संचालनका लागि कुनै योग्यता चाहिने अभ्यास र कानूना व्यवस्था नरहेको गुरुङको भनाइ थियो ।

‘हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईंहरुले जिताइदिएपछि पुगिहाल्यो । त्यो मन्त्रालय चलाउन यति क्वालिफिकेसन, अनुभव, योग्यता चाहिन्छ भन्ने केही पनि छैन । चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो । त्यो हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन,’ गुरुङले भने, ‘खेलकुदको ‘ख’ नबुझ्नेहरू जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु म । वन नै नबुझेको मान्छेहरू वनमन्त्री भइरहेको हुन्छ । त्यस्तैत्यस्तै म पनि त्यहीभित्र पर्छु जस्तो लाग्छ । मैले यो सञ्चारको धेरै कुरा नै बुझेको छैन ।’

उनले नेपाली समाज ढोंगी रहेको पनि बताए  । उनले के बोल्दा ताली आउँछ त्यही बोल्ने प्रवृति बढेको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us