कीर्तिपुरमा माओवादीका महर्जनलाई मत दिन माधवको आह्वान

काठमाण्डु टुडे २०८१ मंसिर ५ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– नेकपा (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका भानु रिजाल उम्मेदवारी फिर्ता लिएका छन ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका उम्मेदवार रिजालको उम्मेदवारी निष्क्रिय भएकाले मेयर पदमा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनलाई र वडानम्बर ४ मा रिता खड्कालाई विजय गराउन समेत आग्रह गरेका छन ।

खड्का एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेकी हुन् । एकीकृत समाजवादीले माओवादीका महर्जनलाई सघाउने यसअघि नै निर्णय गरेको थियो । तर उम्मेदवारी फिर्ता नलिएर निष्क्रिय गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us