जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

काठमाण्डु टुडे २०८१ मंसिर ५ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुन सफल भएकी छन ।

नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध भएकी हुन ।

समन्वय समिति संयोजक चयन गर्न हुन लागेको उपनिर्वाचनका लागि डगौरा र भुल दुईजनाको उम्मेदवारी परेको थियो ।

नागरिक उन्मुक्तिकी उम्मेदवार डगौराले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us