एमालेको जागरण सभास्थल परिवर्तन

काठमाण्डु टुडे २०८१ मंसिर ५ गते १५:५८ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– सत्ता घटक दल नेकपा एमालेले आगामी ७ मंसिरमा काठमाण्डुमा गर्न लागेको जागरण सभा कार्यक्रमको स्थान परिर्वतन गरेको छ ।

एमालेले यसअधि जागरण सभा भृकुटीमण्डमा गर्ने तयारी गरको थियो । जागरण सभा संयोजन समितिका संयोजक राजन भट्टराईले बुधबार सूचना जारी गर्दै सभा दरबारमार्गमा हुने जानकारी दिएका छन् ।

जागरण सभाअघि हुने र्याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरू हुने भट्टराईले जानकारी दिएका छन् ।

भद्रकालीबाट सुरू हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ ।

भट्टराईले ट्राफिक व्यवस्थापन पनि सोही बमोजिम मिलाउन आग्रह गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us