बीआरआई परियोजना स्वीकार गर्न सकिँदैन: महन्थ ठाकुर

काठमाण्डु टुडे २०८१ मंसिर ५ गते १५:११ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अर्थात् ‘बीआरआई’ परियोजनालाई स्वीकार गर्न नसकिने बताएका छन ।

आज बुधाबार पार्टीका स्थानीय जनप्रतिनिधिहरूको बैठकमा पुगेका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन । उनले बीआरआई परियोजना नेपालको हितमा छैन, त्यसलाई स्वीकार गर्न नसकिने बताएका छन ।

मङ्सिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको चीनको भ्रमणमा बीआरआईको विषयमा छलफल हुने बताइरहँदा सत्ताधारी दल लोसपाका अध्यक्ष ठाकुरको यस्तो भनाइ बाहिर आएको हो ।

ऋण लिन हतार गर्नु हुँदैन, ऋण लिएर परियोजना सञ्चालन गर्दा त्यसले नेपाललाई नोक्सान मात्र गर्ने भएकाले त्यसलाई त्यतिकै स्वीकार गर्न नसकिने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us