माओवादी मुख्यालयमा आमरण अनसन बसे क्रान्तिकारीका तीन नेता

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते १३:४० मा प्रकाशित

काठमाण्डू, ४ मंसिर- माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केही नेता आमरण अनसन बसेका छन् ।

विघटित केन्द्रीय समितिका उपाध्यक्ष केशव रावल तथा केन्द्रीय सदस्यद्वय खगेन्द्र रावल र जनक ढुंगानाले पार्टी मुख्यालय कोटेश्वर पेरिसडांडामा मंगलबारदेखि आमरण अनसन थालेका हुन् । पूर्वनिर्धारित मिति २३ मंसिरमा निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने माग राखेर अनसन सुरु गरेको रावलले जानकारी दिए ।

रावल अध्यक्षका दाबेदार पनि हुन् ।

उमेर हद लगाउने कि नलगाउने भन्ने विवादका कारण गत भदौमा आयोजित क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न सकेको थिएन ।

आकांक्षी व्यवस्थापन गर्न नसक्दा सम्मेलन सकिएको दुई महिना बित्दासमेत क्रान्तिकारीको नेतृत्व चयन हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us