दुर्गा प्रसाईं पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको जानकारी दिएका छन ।

उनले भने, ‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । त्यसपछि थप अनुसन्धान गर्छौं, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us