नवलपरासीबाट काठमाण्डु आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते १०:१७ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ ।

नवलपरासीबाट काठमाण्डु आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटना स्थलबाट तीन जनाको जीवितै उद्धार गरिएको छ ।

ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको धादिङ प्रहरीले जनाएको छ ।

ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us