दक्षिण कोरियाद्वारा ६ नेपालीलाई देश निकाला

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते २१:४४ मा प्रकाशित

एजेन्सी-  दक्षिण कोरियाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ६ नेपालीलाई देश निकाला गरेको छ ।

निष्काशनमा पर्नेहरुमा लक्ष्मण महत, दिलु रानामगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ छन् ।

शुक्रबार र शनिबार गरी उनीहरुलाई नेपाल डिपोट गरिएको थियो । दक्षिण कोरिया सरकारले पछिल्लो समय गैरकानूनी विदेशी कामदारमाथि निगरानी बढाएको छ । डिपोट गरिएकाहरु

इपीएसमार्फत दक्षिण कोरिया गएर ओभरस्टे बसेकाहरु हुन् वा पर्यटक भिसामा गएर लुकेका थिए भन्ने खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us