दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गर्नुभयोः प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले स्व. पूर्व सभामुख दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गरेको बताएका छन ।

आज सोमबार पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन सानो गौचरण पुगेका उनले यस्तो प्रतिक्रिया दिएका हुन ।

अध्यक्ष प्रचण्डले स्व. ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झी रहने बताएका छन ।

दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविस्मरणीय रहेको अध्यक्ष प्रचण्डले बताए ।

प्रचण्डले भने, ‘उहाँ र पद्यरत्न तुलाधर दुई जना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविस्मरणीय ठान्छु ।

शान्ति सम्झौताको तयारीको क्रममा उहाँसँग विशेष सम्बन्ध भयो । नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा उहाँको योगदानलाई लिनेछन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us