काठमाण्डु, ३ मंसिर– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीको माग गरेको छ । जनस्वास्थ्य प्रयोगशालाले आज सोमबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र ल्याब टेक्नेसियन ५ जना माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिन सक्ने जनस्वास्थ्य प्रयोगशालाले द्धारा जारी गरीएको सूचनामा उल्लेख गरीएको छ ।