फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको विरोधमा स्थानीयले बाटो अवरुद्ध गरका छन । सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट इन्सपेक्टर निरला भण्डारी नेतृत्वको टोली खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट पनि डीएसपी ज्ञानकुमार महतोको कमान्डमा थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको चितवन प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us