काठमाण्डु, ३ मंसिर– कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिएका छन । बैठकले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र १३ औं दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
ढुंगनाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे निधन भएको थियो ।