मुख्यसचिव अर्यालले दिए राजीनामा

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते ९:२५ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– मुख्यसचिव डा बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।

भ्रष्टाचार मुद्धामा सफाई पाएपछि अर्यालले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेका थिए । अर्यालले आइतबार नै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन् ।

मुख्यसचिवको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्छ । भ्रष्टाचार कसुरमा छानबिन सुरु भएसँगै निलम्बित भएका अर्याललाई तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनका लागि राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतको दरबन्दी सृजना गरेको थियो ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतले १४ कात्तिकमा सफाइै दिएपछि मन्त्रिपरिषदले उनलाई गत २० कात्तिकमा आयोजमा हारिज गर्न पठाएको थियो ।

उनीविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us