पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते ८:२७ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

त्यसका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ । मन्त्रिपरिषदले उनको राजकीय सम्मानसहित अनत्येष्टि गर्नेबारे निर्णय लिने भए मन्त्रीले जानकारी दिए ।

ढुंगानाको आइतबार निधन भएको थियो । सभामुख देवराज घिमिरेले उनको राजकीय सम्मानका साथ अन्त्येष्टिको प्रबन्ध मिलाउन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका थिए ।

प्रमुख सत्तारुढ घटक काँग्रेुले पनि राजकीय सम्मानसहित उनको अन्त्येष्टि गर्न माग गरेको छ ।
ढुंगानाको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us