बसको ठक्करबाट किशोरीको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १९:१८ मा प्रकाशित

काठमाण्डु, २ मंसिर-  सुनसरीको इटहरी उपमहानगरपालिका-१३ खनारमा बसको ठक्करबाट किशोरीको मृत्यु भएको छ ।

इटहरीबाट विराटनगर जाँदै गरेको मे१ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा स्थानीय सम्झना यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनी इटहरी-९ स्थित जनता माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्यनरत थिइन् । घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका छन् ।

दुर्घटना गराएर भागेको बसलाई आक्रोशित स्थानीयले ५ सय मिटर पर रोकेर आगो लगाएका हुन् ।

आगजनीबाट जलेर बस पूर्णरूपले ध्वस्त भएको प्रहरीले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us