कमला नदीमा बेपत्ता ३ बालकको शव फेलापर्याे

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १७:५३ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– सिरहामा कमला नदीमा नुहाउने क्रममा फरक फरक ठाउँबाट बेपत्ता भएका ३ बालकको शव फेला परेका छ ।

आज (आइतबार) सिरहाको बसविट्टास्थित कमला नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका सिरहा नगरपालिका–१५ बुधौराका १४ वर्षीय अभिषेक यादवको शव आइतबार फेला पररेको छ ।

उनको शव हुलाकी सडक अन्तर्गत निर्माणाधीन कमला नदीको पुलदेखि करिब पाँच सय मिटर दक्षिणपट्टि फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन ।

यस्तै शुक्रबार नै सिरहाको कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा बेपता भएका सिरहाकै मिर्चैया नगरपालिका–५ का र १५ वर्षीय लक्ष्मण कुमार साहको शव पनि आइतबार फेला परेको प्रहरीले जनाएको छ ।

लक्ष्मणसँगै नुहाउने क्रममा बेपत्ता भएका छिमेक बिन्देश्वर मण्डलका छोरा १६ वर्षीय रोशन मण्डलको शव शुक्रबार नै नदीमा फेला परेको थियो । कात्तिक शुक्ल पूर्णिमामा कमला नदीमा नुहाएमा भूत–प्रेत र घरको कुल देवताको प्रभावबाट छुटकारा पाइन्छ भन्ने मान्यता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us