काठमाण्डु,२ मंसिर– डोटीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ ।
शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ । ठक्कर दिने जीप र त्यसका चालककको खोजी कार्य भईरहेको डोटी प्रहरीले जानकारी दिएको छ ।