एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादी उम्मेदवारलाई सघाउने

काठमाण्डु टुडे २०८१ मंसिर १ गते २०:४४ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– नेकपा एकीकृत समाजवादीले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा माओवादी उम्मेदवारलाई सघाउने भएको छ ।

माओवादीले प्रा. डा शिवशरण महर्जनलाई मेयर पदमा उम्मेदवार बनाएको छ ।

यस्तै माओवादीले काठमाण्डु महानगरपालिका–१६ को वडाअध्यक्षमा एकीकृत समाजवादीका मिनबहादुर मानन्धरलाई समर्थन गर्ने भएको छ ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले शनिबार बसेको दुई दलका शीर्ष नेताको बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us