काँग्रेससहितको सरकार भएकाले चाहे जसरी काम गर्न सकिएको छैनः शंकर पोखरेल

काठमाण्डु टुडे २०८१ मंसिर १ गते १६:२७ मा प्रकाशित

भक्तपुर,१ मंसिर-  सरकार नेतृत्वकर्ता एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष केपी ओली नेतृत्वमा सरकार भए पनि चाहेजस्तो काम गर्न नबाएको बताएका छन् ।

एमाले भक्तपुरको सूर्यविनायक नगर कमिटीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेससहितको संयुक्त सरकार भएकाले एकल निर्णय र एजेन्डा बोकेर हिँड्न नपाइएको बताए ।

‘नेकपा एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेन्डा बाकेर हिँड्न पाएको छैन, साझा एजेन्डामा सरकार सञ्चालन भइरहेको छ’, पोखरेलले भने ।

पोखरेलले काँग्रेसका कारण सरकारले काम गर्न नपाएको भन्दै सांकेतिक रुपमा असन्तुष्टि जनाए ।

यद्यपि मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको दाबी उनको थियो ।

सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका काममा तल्लीन भएको दाबी पनि पोखरेलले गरे ।

राज्य र जनता मिलेर देश बनाउनुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डोर्‍याउन धेरै समय नलाग्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us