काठमाण्डूबाट रुकुम पश्चिम आउँदै गरेको बस दुर्घटना

काठमाण्डु टुडे २०८१ मंसिर १ गते १६:०५ मा प्रकाशित

रूकुम पश्चिम, १ मंसिर-  रूकुम पश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

शनिबार दिउँसो काठमाण्डूबाट राडी आउँदै गरेको प्र.०१००५ ख ९९६६ नम्बरको बस आठबिसकोट नगरपालिका-११ रिठास्थित भेरि करिडोरमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार बस सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी चालकसहित ९ जना घाइते भएका छन् ।

घाइतेहरूकमा चालक धादिङका ३१ वर्षीय खड्कबहादर तामाङ, धादिङकै २८ वर्षीय  भीमबहादुर भुलन, रूकुम पश्चिम आठविसकोट नगरपालिका- ९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखाको भीमेश्वर नगरपालिका-७ २६ वर्षीय प्रकाश मगराठी, आठबिसकोट-११ का १७ वर्षीय गणेश रसाइली छन् ।

त्यस्तै जाजरकोटको नलगाड नगरपालिका-८ का ४५ वर्षीय भिमकुमारी चदारा,  १० वर्षीय मानबहादुर चदारा, मोरङका २८ वर्षका आकाश काफ्ले र जाजरकोटको नलगाड नगरपालिका-१२ का १५ वर्षीया सङकुमारी विक घाइते भएका छन् ।

उनीहरू सबैको उपचार भइरहेको पश्चिम रूकम प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us