बढी कर तिर्नेमा नबिल बैंक आठौंपटक सम्मानित

काठमाण्डु टुडे २०८१ मंसिर १ गते ११:२० मा प्रकाशित

काठमाण्डू, १ मंसिर- नबिल बैंक लिमिटेड सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ ।

कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरे ।

नबिल बैंकले धेरै कर तिर्ने बैंक तथा वित्तिय संस्थाका रुपमा सम्मान पाएको यो आठौंपटक हो ।

नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मानपत्र ग्रहण गरे ।

कर दिवसका अवसरमा सरकारले हरेक वर्ष वित्तीय संस्थासहित  विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने संस्था र व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us