
काठमाण्डु, १ मंसिर– सरकारले डिजल र मट्टीतेलको मूल्य बढाएको छ ।
आयल निगम सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । शनिबार मध्यरातिबाट नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ ।
यस्तै सुर्खेत र दाङमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ। काठमाण्डु पोखरा र दिपायलमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ कायम भएको छ ।