अनलाइनमा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री प्रसारण गर्ने अमन पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते १८:१० मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक– अनलाइनमा बालयौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिमको प्रतापुर गाउँपालिका–७ का २४ वर्षीय अमनप्रताप हरिजन रहेको प्रहरीले जनाएको छ ।

नवलपरासी पश्चिम प्रहरीको सहयोगमा उनलाई नवलपरासीबाट पक्राउ गरी बिहीबार काठमाण्डु ल्याइएको साइबर ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए ।

पक्राउ परेका हरिजनविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाण्डु जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिई अनुसन्धान जारी राखिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us