राष्ट्रिय स्वतन्त्र पार्टीका ७ कार्यकर्ता पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते १७:०९ मा प्रकाशित

पोखरा, ३० कात्तिक-प्रहरीले पोखराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ७ कार्यकर्तालाई पक्राउ गरेको छ ।

सभापति रवि लामिछानेलाई रुपन्देहीबाट कास्की प्रहरीको हिरासतमा लैजाँदै गर्दा नाराबाजीमा उत्रिएका उनीहरु पक्राउ परेका हुन् ।

कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले निषेधित क्षेत्र प्रवेश गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा गएको विषयमा बयान लिन मंगलबार भैरहवा लगेको थियो ।

तीन दिनसम्म बयान लिएर लामिछानेलाई शुक्रबार जहाजमार्फत पोखरा ल्याइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us