सुर्खेत, ३० कात्तिक- सुर्खेतमा स्कुल बसको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएको छ ।
वीरेन्द्रनगरस्थित सनसाईन एकेडेमीको प्र०२-००१ क ००६८ नम्बरको स्कुल बसले शुक्रबार बिहान ठक्कदर दिँदा वीरेन्द्रनगर-१ की ६ वर्षीया समिक्षा सुनारको मृत्यु भएको हो ।
सुर्खेत प्रहरीका डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार प्रत्यक्षदर्शीले बाटो काट्ने क्रममा बालिकालाई बसले ठक्कर दिएको बताएका छन् ।
यसैबीच प्रहरीले ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएको छ ।