काठमाण्डु, ३० कात्तिक– दार्चुलामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
म१ज३३८ नम्बरको जिप बिहान ४ बजेतिर शैल्यशिखरनगरपालिका–६ बकजेबलामा दुर्घटना भएको थियो ।
यसअघि ६ जनाको मृत्यु भएकामा उद्धारका क्रममा थप दुई जनाको शव भेटिएको दार्चुला प्रहरीका डीएसपी प्रकाश दाहालले जानकारी दिए । प्रहरीका अनुसार मृतक कसैको पनि सनाखत भएको छैन ।
दुर्घटनामा चालकसहित अरु ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय मालिकार्जुन मन्दिरमा लागेको यात्रामा सहभागी भएर गोकुलेश्वर फर्किएका १६ जना जिपमा सवार थिए । डीएसपी दाहालका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको छ ।