दार्चुलामा तिर्थालु सवार जिप दुर्घटना, ६ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते ७:०९ मा प्रकाशित

दार्चुला, ३० कात्तिक- दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

म१ ज३३८ नम्बरको बोलेरो जिप शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको दार्चुला प्रहरीले जनाएको छ ।

दार्चुला प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार मृतकको सनाखत हुन बाँकी छ । 

अप्ठेरो भिरमा जिप खसेकाले घाइतेको उद्धारमा कठिनाई भएको उनले बताए ।  जिपमा सवार अन्य ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका यात्रु दुर्घटनामा परेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us