काठमाण्डुमा एकै परिवारका तीन जना मृत फेला

काठमाण्डु टुडे २०८१ कार्तिक २९ गते १९:१७ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिनाका नाबालक छोरा बिहीबार मृत भृटिएका हुन् ।

मृतकका श्रीमान कान्छा नगरकोटीले श्रीमती र दुई सन्तान हराएको सूचना दिएको र त्यसैका आधारमा खोजी गर्दा तीनै जना मृत फेला परेको उनले बताए ।

बन्द कोठाभित्र तीन जनाको शव भेटिएको काठमाण्डु प्रहरी परिसरले जनाएको छ ।

शव भेटिएपछि अनुसन्धानका लागि काठमाण्डु परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय र बौद्ध प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us