दक्षिण एसियामा चीनको प्रभाव रोक्नु ट्रम्प प्रशासनको प्राथमिकता हुनेछः कुगलम्यान

काठमाण्डु टुडे २०८१ कार्तिक २९ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– अमेरिकाले दक्षिण एसियाली मुलुकमा चीनको प्रभाव कम गर्ने नीति अख्तियार गरिने स्पष्ट गरेको छ ।

अमेरिकाको साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगलम्यानले दक्षिण एसियामा इन्डो प्यासिफिक रणनीति प्राथमिकताका साथ अगाडि बढाउने राणनीतिमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको बताए ।

कान्तिपुर मिडिया ग्रुपले राजधानीमा गरेको कान्भिपुर कन्क्लेभ–२०४० मा वक्ता रहेका उनले बिहीबार ‘भूराजनीतिक खलल’ शीर्षक सत्रमा ट्रम्पले अघिल्लो कार्यकालमा चीनको प्रभाव रोक्न ल्याएको इन्डो प्यासिफिक रणनीतिलाई नयाँ कार्यकालमा निरन्तरता दिने स्पष्ट गरे ।

कुगलम्याले ट्रम्प अप्रत्यासित व्यक्ति भएको र उनले पूर्वानुमान गरिएभन्दा जोखिमपूर्ण काम गर्ने चेतावनी दिए ।

उनले भारतसँगको सम्बन्धले निरन्तरता पाउने भए पनि बंगलादेशको हकमा फरक नीति लिन सक्ने बताए ।

शेख हसिना मुलुक छाडेर भागेपछि त्यहाँको स्थिरताका लागि जारी सहयोगलाई ट्रम्प प्रशासनले निरन्तरता दिनेमा शंका व्यक्त गरे । यस्तै तालिबानसँगको सम्पर्क बढाउने पनि उनले बताए ।

उनले रुसप्रति जो बाइडेनभन्दा टरम्प नरम भएकाले जारी रुस–युक्रेन युद्धमा बदलाव आउन सक्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us