मधेसी र आदिवासीले जित्नै नसक्ने गरी निर्वाचन क्षेत्र निर्धारण गरिएको छः राउत

काठमाण्डु टुडे २०८१ कार्तिक २९ गते १२:५० मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेसी र आदिवासी उम्मेदवारले जित्न नसक्ने गरी निर्वाचन क्षेत्र निर्धारण गरिएको आरोप लगाएका छन् ।

कान्तिपुर मिडिया ग्रुपद्वारा राजधानमिा आयोजित ‘कान्तिपुर कन्क्लेभ–२०२४’ मा बुधबार राउतले ती दुई समुदायले निर्वाचन जित्नै नसक्ने गरी षड्यन्त्रपूर्वक निर्वाचन क्षेत्र निर्धारण गरिएको बताए ।

तराई–मधेसको निर्वाचन क्षेत्र छुट्याउँदा मधेसी र जनजाति समुदायले निर्वाचन जित्न नसक्ने गरी उत्तर–दक्षिण क्षेत्र बनाइएको टिप्पणी राउतले गरे ।

‘यसरी काटिएको हुन्छ कि त्यहाँको मशेधी र आदिवासी समुदायले निर्वाचन नै नजित्ने गरी षड्यन्त्रपूर्वक निर्वाचन क्षेत्र निर्धारण गरिएको छ,’ राउतले भने ।

विभेदपूर्ण रुपमा निर्धारण क्षेत्र निर्धारण गरिएका कारण प्रतिनिधिसभा र प्रदेशसभामा मधेसी र जनजातिको हिस्सा जनसंख्याका आधारमा न्यून रहेको उनको भनाइ छ ।

आधाभन्दा बढी जनसंख्या रहेको तराई मधेसलाई १ सय ६५ मध्ये ७६ वटा निर्वाचन क्षेत्रमा मात्र सीमित गरिएको उनले बताए ।

‘५४ प्रतिशत जनसंख्या रहेको मधेसमा उम्मेदवार उठाउने पार्टी राष्ट्रिय पार्टी नहुने ? हुम्ला जुम्लामा उम्मेदवार उठाउँदा मात्र राष्ट्रिय पार्टी हुने कुरा स्वीकार्य छैन’, राउतले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us