उद्योगीले नतिर्दा सर्वसाधारणले पनि बिजुलीको बिल तिर्न छाडेः कुलमान घिसिङ

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते १५:२५ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल नतिर्दा सर्वसाधारणले समेत बिजुलीको महसुल तिर्न छाडेको भन्दै गुनासो गरेका छन ।

उनले ठुला उद्योगीसँग पैसा नलिने, सर्वसाधारणसँग उठाउने गरेको भन्दै सर्वसाधारणले पनि बिल तिर्न छोडेको बताएका छन ।

आज मंगलबार पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन । उनले अहिले महिनामा १०÷११ अर्ब उठ्नुपर्ने रकम ८–९ अर्ब मात्रै उठ्न थालेको बताएका छन ।

उनले भने, ‘ठुला उद्योगीले तिर्नु नपर्ने हामीले मात्रै तिर्नुपर्ने भन्न थाल्नुभयो उहाँहरूले, यसले त प्राधिकरणलाई नोक्सान गर्यो नि ।’

घिसिङले प्राधिकरणको वित्तीय अवस्था कमजोर बनाउन बक्यौतामा विवाद झिकिरहेको बताएका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us