काठमाण्डु, २८ कात्तिक– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने घोषणा गरेका छन ।
आज बुधबार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले यस्तो चेतावनि दिएका हुन । उनले उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने बताएका छन ।
उनले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’