निर्मला पन्त प्रकरणको अन्तर्वार्ता लिएका पत्रकार ऋषि धमला पनि सिआइबीमा

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते १४:५१ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफूलाई प्रत्यक्षदर्शी बताउने व्यक्तिलाई पक्राउ गरेको छ ।

प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी बताउने गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार पक्राउ गरीएको सिआइबीका एक जना उच्च अधिकृतले जानकारी दिएका छन ।

सिआइबीले उनलाई मंगलबार चार घन्टा सोधपुछ गरेका थिए। बुधबार फेरि सिआइबीमा हाजिर हुन आउन भने पनि सम्पर्कबिहीन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मोबाइल घरमै छाडेर हिँडेका उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन ।

अन्तरवार्ताका प्रस्तोता पत्रकार ऋषि धमला पनि सिआइबी कार्यालय उपस्थित भएको सिआइबीका एक उच्च अधिकृतले जानकारी दिएका छन ।

धमला प्रस्तोता रहेको अन्तर्वार्ताकै क्रममा अर्यालले आफू प्रत्यक्षदर्शी भएको र अभियुक्त को हो भन्नेसमेत थाहा भएको दाबी गरेका थिए। त्यससम्बन्धमा बुझ्नका लागि बोलाइएपछि धमला पनि बुधबार दिउँसो सिआइबी कार्यालय पुगेका हुन्। २०७५ साल साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us